नुवाकोटका कांग्रेस नेता उद्धव थापाको घरमा बम भेटियो

0
Shares

नुवाको । नुवाकोटमा नेपाली कांग्रेसका स्थानीय नेताको घरमा बम भेटिएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेका कांग्रेस नेता उद्धव थापाको घरमा बम भेटिएको हो । थापा वडानम्बर ४ का निर्वाचित वडा सदस्य समेत हुन् ।

बम भेटिएको खबरपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ लागेका छन् ।

सो गाउँमा आज नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार रामशरण महतको चुनावी कार्यक्रम थियो ।

गत शुक्रवार मात्रै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस उम्मेदवारलाई लक्षित गरी कुकर बम बिस्फोट गराइएको थियो । बिस्फोटमा परी महतको चुनावी प्रचारमा हिँडेका पाँचजना कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।