‘विप्लव’ का थप १५ कार्यकर्ता रुकुमबाट पक्राउ

0
Shares

धनवीर दाहाल, रुकुम । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो १ हप्ताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विद्युत तार, व्याट्री र दस्तावेज सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । यसअघि कार्तिक २३ गते विद्यार्थी संगठनको राप्ती अञ्चल व्यूरो सदस्य दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य मोतिराम खड्कालाई पक्राउ गरिसकेको छ ।

यसपटक पक्राउ पर्नेहरुमा पार्टी जिल्ला सल्लाहकार सदस्य त्रिवेणी गापा –३ का ५२ वर्षीय प्रेम खड्का, पार्टी जिल्ला सदस्यहरु मुसिकोट नपा –६ का ३८ वर्षीय हिरामणी रावत र मुसिकोट नपा –६ का २९ वर्षीय बालचन्द्र गिरी, किसान संगठन सल्यान–रुकुमका इन्चार्ज समेत रहेका त्रिवेणी गापा –६ का ४१ वर्षीय मकर वली, विद्यार्थी संगठनको जिल्ला अध्यक्ष आठविसकोट नपा –५ का २५ वर्षीय सुरेन्द्र बस्नेत, उपाध्यक्ष त्रिवेणी गापा –२ का २५ वर्षीय कृष्ण विसी, सचिव त्रिवेणी गापा –२ का १७ वर्षीय प्रेमप्रशान्त बोहरा र सहसचिव मुसिकोट नपा –१४ का १८ वर्षीय हरि विष्ट रहेका छन् ।

त्यस्तै राष्ट्रिय युवा स्वयंसेवक सदस्य शान्तिनगर गापा –५ दाङका २२ वर्षीय उद्धव शाह, पार्टी कार्यकर्ताहरु चौरजहारी नपा –७ का ४२ वर्षीय कपिलेश्वर विश्वकर्मा, आठविसकोट नपा –११ का ४० वर्षीय गम्भिर सेर्पाली भन्ने गोेर्खे कामी, बाँफिकोट गापा –४ का १७ वर्षीय पूर्णजंग खड्का, सानीभेरी गापा –९ का ३१ वर्षीय हुकुम खड्का, कुमाख गापा सल्यानका २८ वर्षीय गणेश विश्वकर्मा र तुलसीपुर उपमहानगरपालिका–३, दाङका २५ वर्षीय सुरेन्द्रबहादुर गुरुङलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ