भाईबर लोटरीका नाममा ‘ठगी’ !



मोतीराम तिमल्सिना, काभ्रे । तपाईको मोवाईलमा भाईबर एप्स छ ? छ भने होस गर्नुस तपाईलाई भाईबर लोटरीका नाममा ठगि गर्ने गिरोहले फसाउन सक्छ । पछिल्लो समय सर्वसाधारहरुको मोवाईलमा दुबई र भारतबाट नेपालीहरुको मोवाईलमा भाईबर लोटरीको नक्कली प्रमाणपत्र पठाएर ठगि धन्दा शुरु भएको छ ।  बनेपामा रहेको नेपाल एसविआई बैकमा दैनिक एक÷दुई जना ब्यत्तिहरु लोटरी परेका, दुबईबाट सुन तथा चाँदीका गहना पठाएर भारतमा अड्किएको भन्दै खाता खोल्न पुग्ने गरेका छन् ।

‘हिजो मात्रै पनि एक जना दिदी दुबईबाट सामान भारतमा अड्किएको भन्दै आउनु भएको थियो’–नेपाल एसविआई बैकका सहायक प्रवन्धकले भने–‘उहाँले साथीले सामान पठाईदिएको भन्नु भयो तर थर समेत भन्न सक्नु भएन ।’ उहाँलाई पनि नेपालमा रहेको एसविआई बैकमा खाता खोलेर केहि रकम राजश्व वापत जम्मा गरिदिन भनिएको रहेछ । नेपालमा भएको बैकबाट भारतमा रहेको एसविआई बैकमा उनिहरुले दिएको खातामा रकम जम्मा गरिदिएपछि तिनिहरु सम्पर्कमै नहुने रहेछन् ।  सोमबार दिउसो बनेपाका एक युवा ब्यवसायीलाई भाईबरमा कल आयो ।

उनलाई दुबईबाट राजेश कुमार भन्नेले ९२३४९१२९५३२५ नम्वबारबाट फोन गरेका थिए । ‘शुरुमै उनले तपाईलाई बधाई छ, भाईबर लोटरीको २५ लाख रुपैया तपाईले प्राप्त गर्नु भएको छ भने’–युवा ब्यवसायीले भने–‘अब तपाईलाई भारतबाट फोन आउँछ उठाएर पैसा समेत रिसिभ गर्नुहोला ।’ उनी केहि क्षण अक्क न बक्क भए । भाईबर लोटरीमा आईसी २५ लाख नेपाली ४० लाख रुपैया थियो । केहि क्षणमै उनलाई भारतका अभिषेक कुमार सोनु भन्नेले ००९१८२३९७५७५९६ नम्वरबाट फोन गरेर नेपालमा भएको बैकको खाता नम्वर टिपाईदिन अनुरोध गरे । ति युवाले प्रभु बैकमा भएको शुन्य मौज्दातको खाता नम्वर दिए । केहि बेरमै अभिषेक कुमारले फोन गरेर नेपाल एसविआई बैकमा भएको आफ्नो वा नजिकको ब्यक्तिको खाता नम्वर पठाईदिन अनुरोध गरे । राति ८ बजे कल गरेका अभिषेकलाई मंगलबार विहान मात्रै खाता खोलेर नम्वर पठाईदिने बताएका युवालाई पुनः विहान ८ बजे कल गर्न भनिएको थियो ।  अभिषेकलाई नेपाली समय विहानको ८ बजे कल गर्दा बैकमा कसैलाई पनि उक्त कुरा नभन्न र कलर फोटो समेत पठाउन अनुरोध गरेका थिए ।

‘तिमीले लोटरी परेको कुरा बैकका ब्यक्तिहरु र अन्यलाई भन्यौ भने केहि रकम मात्रै दिएर बाँकी पैसा सबै खाईदिन्छन’–अभिषेकले विहान भाईबर कलमा भनेका थिए–‘त्यहि बेला उनले भाईबरको लोटरी प्रमाणपत्र भन्दै पठाए ।’ १० बजे नेपाल एसविआई बैक बनेपा शाखामा पुगेर युवाले अभिषेकलाई फोन गरे । उनले २५ लाखको ४० हजार जम्मा गरेर खाता नम्वर दिन र त्यो रकम भारतमा रहेको एसविआई बैकमा पठाउन अनुरोध गरे । त्यतिबेला मात्रै थाहा भयो भाईबर लोटरीको नक्कली प्रमाणपत्र तयार गरेर सर्वसाधारण दुबई र भारतबाट ठगिन थालेका छन् भनेर । बैकका कर्मचारीहरुले पछिल्ला दिनमा दैनिक यस्ता घटना लिएर ग्राहकहरु आफुहरुकोमा आउने र आफुहरुले सम्झाएर पठाउने गरेको बताए ।  ग्रामिण भेगका सामान्य अवस्थाका ब्यक्तिहरुलाई समेत भाईबरबाट लोटरी प¥यो भन्दै बैकमा पैसा जम्मा गर्न लगाएर ठगी हुन थालेको छ । बैकको सर्तकता भएन र ब्यक्ति लोभमा फस्यो भने भाईबरका नाममा ठगीनेहरुको संख्या बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्