काठमाडौं । सुन तस्करीको आरोपमा न्यूरोडका सुन पसले पक्राउ परेका छन् । मनकामना ज्वेलर्सका सुदम शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । रत्नपार्कबाट बरामद भएको तीन किलो सुन तस्करी आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए ।
क्रममा बा.३२ प ५६६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त सुन पसलका कर्मचारी मोहन महर्जन र आयुष बज्राचार्यलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सुन पसले पनि पक्राउ परेका हुन् । उनीहरुलाई कमलपोखरीको सिटी सेन्टर अगाडि सुन दिने गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको हो ।











प्रतिक्रिया