विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

0
Shares

 

कैलाली  । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जिल्ला इञ्चार्ज रामबहादुर चौधरीसहित पाँच जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिनुभयो । उहाँले निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहलाई समेत नियन्त्रणमा लिने बताउनुभयो ।

प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट मिनगिरी, तपेन्द्र रसाइली र कैलारी गाउँपालिकाको हसुलीया क्षेत्रबाट जिल्ला इञ्चार्ज रामबहादुर चौधरी र प्रकाश मल्ललाई पक्राउ गरेको थियो । त्यस्तै बझाङ जिल्ला कार्यसमितिका सदस्य देवराज कठायतलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ ।