रुकुममा नमुना मतदान गरियो

0
Shares

धनवीर दाहाल, रुकुम । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुवै रुकुममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । उनीहरुलाई तालिम दिएसँगै नमुना मतदान पनि गराइएको दुवै रुकुमका निबार्चन कार्यालयले जनाएका छन् ।
रुकुम पुर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसिकोट खलंगामा गरिएको तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागीता थियो । रुकुम पुर्वमा ४२ मतदान केन्द्रका ४२ जना मतदान अधिकृत र ४२ जना सहायक मतदान अधिकृत तथा रुकुम पश्चिममा एक सय ११ मतदान अधिकृत तथा एक सय ११ सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।
यसै गरी तालिममा सहभागीलाई नमुना मतदानमा गराइएको छ । नमुना मतदानको अभ्यासले मतदान केन्द्रमा खटिएर जाने अधिकृतबाट मतदान केन्द्रको वातावरण निर्माण र मतदातालाई समेत मतदान सम्बन्धि जानकारी हुने भएकाले नमुना मतदान गराईएको रुकुम पश्चिमका जिल्ला निबार्चन अधिकारी कमलमणी देवकोटाले बताउनुभयो ।
निर्वाचन आयोगको केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै मतदान केन्द्रमा खटिने मतदानअधिकृत र सहायकअधिकृतलाई दुईदिने प्रशिक्षण समते दिईएको हो । प्रशिक्षण संगै नमुना मतदान गरेका मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन सामग्री सहित विभिन्न मतदान केन्द्रमा खटाईने तयारी पनि भईरहेको छ । पश्चिम रुकुममा ८४ हजार ३२ मतदाता रहेका छन् भने पुर्वी रुकुममा २७९९८ मतदाता रहेका छन् ।