कांग्रेसद्धारा वाम कार्यकर्तामाथि आक्रमण, जनपथ र सशस्त्र प्रहरी परिचालन

0
Shares

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको रानिपौवामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेका छन । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘ख’का उम्मेदवार रमेश महतको नेतृत्वको गएको टोलीले एमाले–माओवादीका कार्यकर्तामाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन । महतले वाम कार्यकर्ताको एउटा मोटरसाइकल समेत तोडफोड गरेका छन । आक्रमणको प्रतिकार गर्नेक्रममा दुबैपक्षबीच झडप भएपछि अहिले त्यहाँ जनपथसँगै सशस्त्र प्रहरी परिचालन गरिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष मानवहादुर लामाले भने ‘कांग्रेस कार्यकर्ताहरु महतको नेतृत्मा वाम गठबन्धन मुर्दावाद भन्दै नारावाजी गर्दै आएर एमाले माओवादीको उम्मेदवारको व्यानमुनी रहेको एउटा मोटरसाइकलम तोडफोड गरे, त्यसपछि उनीहरुले वाम कर्यकर्तालाई पनि आक्रमणको प्रयास गरेपछि झडपको स्थिति सिर्जना भयो । तत्कालै प्रहरी घटनास्थलमा आइपुग्दा सम्भावित ठूलो क्षति भनि रोकियो ।’