पश्चिम रुकुमको बामगठवन्धन वाँफीकोटमा

0
Shares

धनवीर दाहाल, रुकुम । वामगठवन्धन पश्चिम रुकुमका प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अल्मपतले वहुमतमाथि शासन गर्ने परम्पराको अन्तका लागि वामएकता पहल गरेको वताउनुभएको छ । नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको पक्षमा हुदाहुदै पनि शासन सत्ता अल्पमतले संचालन गर्ने विडम्वनाको अन्त वामपन्थी एकताले गर्ने उहाँले वताउनुभयो । रुकुमको वाँफीकोटमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका उम्मेद्धार प्रभाकरले वामपन्थी एकताको उद्धेश्य राजनीतीक स्थायित्व र आर्थिक समृद्धि सहितको समाजवाद भएको वताउनुभयो । वामएकता पहल गर्दा गृहमन्त्रालय खोसिएको चर्चा गर्दै आफनो लागि मन्त्री पद भन्दा ठुलो वामएकता भएको उहाँको भनाई छ ।

नेता प्रभाकरले वामएकता मार्फत समाजवादी क्रान्तिको दिशामा मुलुक अगाडि वढेका कारण आफु लगायत देशैभर वामगठवन्धनका उम्मेद्धार निशानामा परेको वताउनुभयो । उहाँले वामगठवन्धनका उम्मेद्धारका विरुद्ध गरिएका वमप्रहार समाजवादी आन्दोलन रोक्ने दुश्प्रयास मात्रै भएको वताउनुभयो ।

जनताको आर्थिक जिवनमा परिवर्तन नल्याई भौतिक पुर्वाधारको विकासले मात्र समृद्धिको सपना पुरा नहुने वताउदै नेता प्रभाकरले अव आफु जनताको आर्थिक जीवन परिवर्तनको योजना कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कृषिको व्यवसायीकीकरण, पर्यटनको विकास, विद्युतीकरण मार्फत जनताको आर्थिक समृद्धि हाँशील गर्नेमा अवको सरकारको प्राथमिकता हुने उहाको भनाई छ ।

प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले आफु जनतासंग भोट माग्न नभई आगामी ५ वर्षमा रुकुम जिल्लाको विकास र समृद्धिको योजना कार्यान्वयनको प्रतिवद्धता गर्न आएको वताउनुभएको छ । जनताको मागका कारण आफुले उम्मेद्धारी दिएको चर्चा गर्दै उहाँले निर्वाचन जित्नका लागि आफुले भोट माग्नु नपर्ने वताउनुभयो ।

यसैगरि एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले अहिलेको निर्वाचनमा दुई चिन्ह वोकेर आएको भएपनि अर्को चुनावमा एउटै चिन्ह र एउटै झण्डा लिएर आउने वताउनुभयो । स्थानिय निर्वाचनमा रुकुममा माओवादी केन्द्रले जीत हाँशील गरेको भएपनि पार्टी एकतापछि सवै जनप्रतिनिधि एमालेकै भएको टीप्पनी गर्दै जीतको स्वामित्व एमालेले पाउने वताउनुभयो । रुकुममा प्रत्यक्ष तर्फ एमालेको उम्मेद्धार नभएको विषयलाई विरोधीहरुले चुनावी मसला वनाउन खोजेको भन्दै समाजवादी क्रान्तिको उद्धेश्यले पार्टी एकता भएकोले कोही पनि एमाले भ्रमित नहुने नेता केसीको भनाई छ ।

चुनावी सभालाई सम्वोधन गर्दै प्रदेशसभा क्षेत्र नं. १ का उम्मेद्धार रातो कामीले वामपन्थीको जीतले मात्रै महिला, दलित, जनजाति लगायतका उत्पीडित समुदायले राज्यसत्तामा आफनो प्रतिनिधित्व पाउने दावी गर्नुभयो । उम्मेद्धार कामीले रुकुम विकासको मुख्य योजनाकार जनार्दन शर्मा प्रभाकरको योजना वमोजिम समृद्ध रुकुम निर्माणका लागि आफु अहोरात्र लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यसैगरि एकता संयोजन समिति पश्चिम रुकुमका सदस्य तथा नेकपा (एमाले) रुकुमका अध्यक्ष विमल पुनले कम्युनिष्ट सरकारहरुले जनताको ऋण मिनाहा गर्ने, वृद्धभत्ता दिने, आफनो गाँउ आफै वनाउ जस्ता जनमुखि कार्यक्रम ल्याएको वताउदै काग्रेसलाई किन भोट दिनुपर्ने जनताले प्रश्न सोध्नुपर्ने वताउनुभयो । सुनको चटईमा सुतेर नुनको भिख माग्न खाडि र कालापहाड जानुपर्ने नेपालीहरुको वाध्यताको अन्त वामपन्थी सरकारले मात्रै गर्ने अध्यक्ष पुनको भनाई छ । उहाले नेपालमा एउटै कम्युनिष्ट पार्टी स्थापना गर्ने र समाजवादमा पुग्ने पवित्र उद्धेश्यले आफुहरु अगाडि वढेको वताउदै रुकुममा माओवादी केन्द्रका उम्मेद्धारलाई भोट हाल्न एमालेले नाक खुम्च्याउनु पर्ने अवस्था नरहेको वताउनुभयो

वाँफीकोट गाँउपालिकाको नेटावजारमा भएको चुनावी सभालाई एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्मा, गठवन्धनको तर्फवाट प्रदेश सभाकी समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओलीले पनि सम्वोधन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा राष्ट्रिय लोक गायकहरु अमित परियार, तिलक परियार लगायतका कलाकारहरुले गित मार्फत गठवन्धनका उम्मेद्धारहरुलाई जिताउन अपिल गर्नुभएको थियो ।

चुनावी सभामा नेपाली काँग्रेसको विभिन्न तहमा क्रियाशिल नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई फुल माला तथा अविरले स्वागत गर्दै उम्मेद्धार प्रभाकरले क्षमता अनुसारको उचित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने वताउनुभयो ।

एकता संयोजन समिति पश्चिम रुकुमका सदस्य ठगेन्द्र प्रकाश पुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य महेन्द्र केसी पारसमणीले गर्नुभएको थियो ।