५ नं प्रदेशको राजधानी दाङ बनाउन कटिबद्ध छुःमहरा



 

तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएको बताउनुभएको छ ।

घोराहीको रतनपुरमा आज बिहान आयोजित कार्यक्रममा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्टीका कार्यकर्ताले आफूलाई सहयोग गर्ने जिकिर गर्नुभयो ।
वाम गठबन्धन कसैका विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको बताउँदै उहाँले निर्वाचनपछि वामपन्थीको सरकार बन्ने जिकिरका साथ माओवादी केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकता हुने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्