शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले बिनाविभागीय मन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन् । वाइसिएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ्ले आज सयुक्त विज्ञप्ति निकाली शर्मा र पुन माथि लक्षित गरिएको बम आक्रमणको भत्र्सना गदै सरकारसंग कारबाहीको माग गरेका हुन । विज्ञप्तिमा दुई नेतालाई लक्षित गरी ज्यानै लिनेसम्मको मनसाय राखी कायरतापूर्ण र शृङ्खलाबद्ध वम आक्रमण गरिएकोप्रति निन्दा गर्दै वाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्ने गरी आक्रमण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्