बाम गठबन्धनको बहुमत आए ‘नेपाल वान टेलिभिजन’ र ‘दि हिमालयन टाइम्स’ बन्द !

0
Shares

काठमाडौं । आसन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको बहुमत आए नेपालका दुई प्रमुख सञ्चार माध्यमको प्रकाशन–प्रसारण बन्द हुने भएको छ ।

गठबन्धनका प्रमुख नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको संयुक्त चुनावी घोषणापत्रमा नेपाली सञ्चार माध्यममा विदेशी लगानी निषेध गरिने उल्लेख छ ।

घोषणापत्रमा सञ्चार माध्यममा प्रत्यक्ष वा परोक्ष विदेशी लगानी निषेध गरिने घोषणापत्रमा छ । ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’ लागू गरिने छ । आमसञ्चारमाध्यमलाई निष्पक्ष, व्यावसायिक, उत्तरदायी र जिम्मेवार उद्योगका रुपमा विकास गरिने छ’, घोषणापत्रमा भनिएको छ, ‘मिडियामा प्रत्यक्ष वा परोक्ष रुपमा विदेशी लगानी निधेष गरिनेछ ।’ नेपालमा अंग्रेजी भाषाको दैनिक पत्रिका दि हिमालयन टाइम्स र नेपाल वान टेलिभिजन प्रत्यक्ष विदेशी लगानीमा सञ्चालित प्रमुख सञ्चार माध्यम हुन् । ती दुवैमा उत्तर छिमेकी भारतको लगानी छ ।

हिमालयन टाइम्सको प्रकाशक संस्था आप्का हाउसले केही वर्षअघिसम्म नेपाली भाषाको दैनिक अन्नपूर्ण पोस्टसमेत प्रकाशित गर्दै आएको थियो । तर, उक्त दैनिक भने कान्तिपुर मिडिया ग्रुपबाट अलग भएका क्याप्टेन रामेश्वर थापाले खरिद गरिसकेका छन् । नेपाल वान भारतका प्रंभावशाली व्यक्तिहरुसँग विशेष सम्बन्ध रहेकी भनिएको नलिनी सिंहको स्वामित्वमा छ ।