अर्घाखाँचीमा पत्रकार कुटिए !

0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीद्वारा एकजना पत्रकार निर्घात कुटिएका छन् । स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भूमिका निर्वाह गरिरहेका प्रगतिशील पत्रकार संघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सदस्य, नेपाल पत्रकार महासंघका साधारण सदस्य, सामुदायिक रेडियो अर्घाखाँचीका समाचारदाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको हो ।

उक्त घटनापछि प्रगतिशील पत्रकार संघ नेपाल, अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले वस्तुगत स्थिति नबुझी अमानवीय शैलीमा अन्धाधुन्द लाठीचार्ज गरेको र पत्रकार केसीको टाउकोमा चोट लागेको उल्लेख गरेको छ । जिल्लामा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा केसीको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको यस्तो अमानवीय शैलीको प्रगतिशील पत्रकार संघ, अर्घाखाँचीले घोर निन्दा र भत्र्सना गरेको छ ।

अध्यक्ष विनोद गैरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रको चौथो अंग मानिने पत्रकारहरु नै नेपाल प्रहरीबाट यसरी बिनाकारण कुटिनुले नेपाली जनताका हक र अधिकार प्रहरीले नै कुण्ठित गरेको महसुस गर्दै घटनामा संलग्न प्रहरीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं ।” विज्ञप्तिमा घाइते केसीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।