भारत र यूरोपियन युनियनले दिएको १० करोड खोई ?


काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको एलाइन्स फर पिस नामक संस्थाका गतिविधि रहस्यमय छन् । गगन थापाको यो संस्थालाई यूरोपियन युनियन र भारतले सहयोग गर्दैआएको छ ।
यस संस्थाले अहिलेसम्म १० करोड भन्दा बढी सहयोग ल्याएको छ । तर त्यो केमा खर्च ग¥यो त्यसको कुनै हिसाबकिताव समाजकल्याण परिषदमा बुझाएको छैन । एलाइन्स फर पिसको देखावटी संचालकमा सन्देश अधिकारीलाई राखेका छन् । जो कुनै बेला सरस्वती क्याम्पसका नेविसंघका कार्यकर्ता थिए । सन्देश अधिकारी र खेम तिवारी एलाइन्स फर पिसका देखावटी पात्र हुन् । तिवारी काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष हुन् ।
गगन थापाले तिवारीलाई आफू स्वास्थ्य मन्त्री भएको बेला नरदेवी आयुर्वेद अस्पतालको अध्यक्ष बनाएका थिए । देखावटी रुपमा अधिकारी र तिवारी भए पनि त्यो संस्थाका वास्तविक संचालक गगनकुमार थापा नै भएको कांग्रेसका नेताहरु बताउँछन् ।
एलाइन्स फर पिसमा भारतले करोडौं रुपैयाँ सहयोग गरेकाले गगनले भारतले नाकाबन्दी लगाउँदा पनि एक शब्द पनि विरोध गरेनन् । र, भारतीय नाकाबन्दी ठीक छ भन्ने आसयको अभिब्यक्ति ब्यवस्थापिका संसदमा दिएका थिए । नाकाबन्दीताकाको उनको भाषणको रेकर्ड अझै पनि हेर्न सुन्न चाहनेले संसद सचिवालयबाट लिनसक्नेछन् । नाकाबन्दीताका जनता भोकभोकै बसे, ग्याँस नभएर चिउरा, चाउचाउ किनेर खाए, तर गगन थापाले त्यसको चुईक्क विरोध गरेनन् । जनता भोकभोकै भारतीय नाकाबन्दीको विरोध गरिरहँदा उनले नाकाबन्दी ठीक छ भनेर जनताको भावनामाथि नूनचूक दल्ने काम गरेको यति चाँडै ४ नम्बरबासीले भुल्न सक्ने कुरा हुँदैन ।
यूरोपियन सहयोग लिएका गगन थापाले नूनको सोझो गर्दै बेलाबेलामा हिन्दूधर्मको विरोधमा अभिब्यक्ति दिने गरेका छन् ।