नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज



काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । आज निर्वाचन अधिकृतको कार्यालयले जोशीको उम्मेदवारी खारेज गरेको हो । जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो तर उनी पुनरावेदनका लागि सर्वोच्च अदालतमा गएका थिए । उनको भ्रष्टाचारसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमा बिचाराधिन रहेको छ । तनहुँ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवारी दिएका जोशीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए । जोशीले आफ्नो मुद्दा सर्वोच्चमा बिचाराधिन रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुने दाबी गरेका थिए । तन निर्वाचन अधिकृतको कार्यालयले भने उनको उम्मेदवारी खारेज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्