डोटी जीप दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत

0
Shares

डोटी । डोटीको केआई सिंह गाउँपालिकामा सडक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । यो दुर्घटनामा आठजना घाइते भएका छन् । जसमध्ये तीनजना गम्भीर घाइते रहेको स्थानीय डम्मरलाल भट्टले बताएका छन् ।

केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नंं. को बोलेरो जीप सोही गाउँपालिका वडा नं. ३ देउरडीमा दुर्घटना हुँदा गाडी धनीसमेत रहेका चालक खेमराज ओझा, डोटी आदर्श गाउँपालिका–१ का १९ वर्षीया अनिता खड्का र डोटी गगुडाका रोसन ताम्राकारको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते तीनजनालाई उपचारका लागि दिपायल ल्याइँदै गरिएको छ । जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको घटनास्थलमा पुगेका प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं. ‘ख’ का उम्मेदवार समेत रहेका माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।