आयोगबाट समानुपातिकतर्फको बन्दसूची सार्वजनिक, ६०९४ उम्मेदवार



काठमाडौँ । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले पेश गरेको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगले केहीबेरअघि सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अनुसार सबै दलबाट प्रदेश र प्रतिनिधि सभाका लागि ६०९४ जनाको उम्मेदवारी परेको छ ।

प्रत्यक्षतर्फ ४७०८ जना उम्मेदवार

आयोगका अनुसार दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको थियो ।

उक्त उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो । प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको सूचना प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्