बाढीपीडितलाई घडेरी, प्रत्येक परीवारमा एक महिला र एक पुरुषलाई रोजगारी (बाम घोषणापत्र )

0
Shares

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले आफ्नो चुनाबी घोषणा पत्रमा बाढि पिडितमा  परी  घर क्षती भएका प्रत्येक परिवारलाई घर निर्माणका लागि ३ महिनाभित्र ४ लाख अनुदान दिने साथै बाढिमा घर घडेरी गुमाउनेलाई घडेरी दिने उल्लेख गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनाएको संयुक्त घोषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर (पाँच लाख नेपाली रुपैयाँ) पुर्‍याउनुको साथैं प्रत्येक परीवारमा एक महिला र एक पुरुषलाई रोजगारी दिने लक्ष्य राखेको छ ।