उम्मेदवारी दर्ता गर्न नपाएर यी माता डाको छोडेर राेईन (भिडियो)

0
Shares

काठमाडौँ । काठमाडौंको राष्ट्रिय सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाँको छोडेर एक जना महिला रोइरहेकी थिइन् । हातमा कागजपत्र थियो भने आँखाभरी आँशु । काठमाडौंको बौद्धमा बस्ने आफूलाई माता बताउने ज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद मनोनयन दर्ता गर्न नपाएपछि डाँको छमेडेर रोएकी थिइन ।

उनले दर्ता गर्न नपाउनुको कारण भने रोचक रहेको छ । उम्मेदवारी दिनका लागि सोही क्षेत्रका मतदाता रहेका एकजना प्रस्तावक र अर्कोजना समर्थक चाहिन्छ । उनले एकजना महिला प्रस्तावक त ल्याएकी थिइन तर सर्मथक नभएपछि उनि चिच्याई चिच्याई राएकी थिइन । ती प्रस्तावक महिला पनि काठमाडौंको फरक निर्वाचन क्षेत्रका परे पछि उनि चौरमै लडीबुडी गर्दै रोएकी थिईन ।
आयोगका कर्मचारीहरुले पाँच बजेसम्म समय रहेको बताएपनि २ घन्टाभित्र बौद्ध पुगेर आफूले समर्थक र प्रस्तावक खोजेर ल्याउन ढिला हुने भन्दै उनि राएकी थिइन । शूरुमा उनलाई मनोनयन दर्ता गर्न आएको विश्वास नगरेर पुलिसले एक घण्टासम्म गेटमै रोकेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

भिडीयाे

-राताेपाटी