बिर्तामोडमा प्रहरीको गोली लागेर दुईको मृत्यु, ७ घाइतेहरुको अवस्था चिन्ताजनक



झापा । बिर्तामोडमा भएको झडपमा प्रहरीको गोली लागेर दुईजना प्रदशनकारीको मुत्यु भएको छ । प्रदशनकारीको मुत्यु भएसँगै अहिले बिर्तामोड तनावग्रस्त भएको छ ।

झण्डपमा परी घाइते भएका ७ जनाको मेची अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । साथै त्यस क्षेत्रमा पर्फ्युपनि लगाइएको छ ।

स्थानीयमाथि प्रहरीले १४ राउण्ड गोली चलाएको बताइएको छ । फ्र्रयु आदेश नै जारी गरेपनि प्रदर्शन रोकिएको छैन । ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्