झापाको विर्तामोडमा साढे १ बजेदेखि अनिश्तकालिन ‘कफ्र्यू’



भद्रपुर(ने.स) । झापाको बिर्तामोडमा प्रदर्शनकारी र प्रहरी बिच झड्प जारी भएलगतै जिल्ला प्रशासन कार्यालयले बिर्तामोड लगायत आसपासको क्षेत्रमा कफर््यू लगाएको छ । प्रशासन कार्यालय झापामा आज बसेको सुरक्षा समितिको बैठकले बिर्तामोडमा दिउसो १.३० बजेदेखि ‘कफ्र्यू’ आदेश जारी गरेको हो । सुरक्षा समितिको निर्णय अनुसार मुक्तिचोकदेखि बस पार्क पूर्व, चारपाने चोक पश्चिम, मानन्धर चोक उत्तर र विर्ताबजार दक्षिण क्षेत्रमा ‘कफ्र्यू’ आदेश जारी गरिएको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत राजु दाहालले जानकारी दिए । अर्को सूचना जारी नभएसम्म बिर्तामोडमा ‘कफ्र्यू’ जारी रहेन अधिकृत दाहालले बताए । कर्फयू जारी भएसँगै बिर्तामोड आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको विरोध र्यालीमाथि शनिश्चरे रोडमा प्रहरीले शुक्रवार विहान दमन गरेको थियो । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेपछि घटनाले उग्र रुप लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्