प्रत्यक्षतर्फको मतपत्र छपाई तत्कालका लागि स्थगित, चुनाव सर्ने संकेत



काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम स्थागित गरेको छ । आजदेखि मत पत्र छाप्ने आयोगको कार्यतालिका भएपनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा अन्योल बढेपछि मतपत्र छपाईको काम स्थागित भएको हो ।

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएपछि तत्कालका लागि मतपत्र छपाइको काम स्थागित गरिएको निर्वाचन आयोगले जनाएको छ । सर्वोच्च अदालतले आयोगलाई तीन दिनभित्र विवरण पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्