बर्षमान पुनका चुनावी कमाण्डर एमालेका गोकुल घर्ती

0
Shares

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनको चुनावी कमाण्डरमा एमालेका नेता गोकुलप्रसाद घर्ती तोकिएका छन् ।

मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि बर्षमानलाई जिताउने जिम्मेवारी एमालेका घर्तीले पाएका हुन् ।

जनयुद्धको चर्चित क्षेत्र रोेल्पा २ नं. क्षेत्रमा एमालेको जनमत राम्रो हुँदाहँुदै, कुनै पनि सभामा उम्मेदवारका लागि ठाउँ नपाएपछि एमालेका स्थानीय कार्यकता असन्तुस्ट छन् । वाम तालमेल अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न एमालेले आग्रह गरेको हो ।

एमालेले चुनावी नतिजा गठबन्धनको पक्षमा पार्न वाम गठबन्धनका उम्मेदवार बर्षमान पुनको चुनावी कमाण्डरमा एमालेका युवा नेता घर्ती तोकिएका हुन् ।