चुनाव भाँड्ने नियतले सर्वोच्चको आदेश आएको एमालेको ठहर



काठमाडौं । प्रमुख राजनीतिक दल नेकपा एमालेले चुनाव भाँड्ने नियतले सर्वोच्चको आदेश आएको ठहर गरेको छ । बिहीबार बसेको पार्टीको स्थायी समितिको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग(अलग मतपत्र छाप्न सर्वोच्चले दिएको आदेश चुनाव भाँड्ने उद्देश्यले आएको ठहर गरेको हो । एमालेले चुनाव सार्ने नियत जताबाट प्रकट भए पनि स्वीकार्य नहुने जनाएको छ । एमाले नेता शंकर पोखरेलले चुनाव टार्ने नियतले सर्वोच्चको आदेश आएको ठहर बैठकले गरेको बताए । उनले अदालत नियतवश निर्वाचन आयोगको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको आशंका उत्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्