बाम गठबन्धनमा उपत्यका भित्र कसलार्इ कुन क्षेत्र ?



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले मंसिर २१ गते हुने दोस्रो चरणमा चुनावमा केहि निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ भने केहि क्षेत्रमा टुंगिन बाँकी रहेको छ ।

झापा, दाङ, अर्घाखाँची, सल्यान, उदयपुरलगायत केही जिल्लामा टुंगिन बाँकि रहेको छ । वाम गठबन्धनका नेता व्यवस्थापनमा समस्या भएपछि उक्त जिल्लाका नेताहरूको नाम एकता संयोजन समितिमा पठाइएको छ ।

  • काठमाडाैं उपत्यकाका प्रतिनिधिसभातर्फ १५ सिटमध्ये ११ सिट एमाले र बाँकि रहेको ४ सिट माओवादीले पाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् । त्यसैगरि प्रदेशतर्फ ३० मध्ये २३ सिट एमाले र बाँकि रहेको ७ सिट माअोवादीले पाउने सहमति नजिक पुगेको बताइएको छ । माओवादीले प्रतिनिधिसभामा काठमाडौंको ६, ८ र १० पाउने सहमति भएको छ । प्रदेशतर्फ ३, ६ र १० मा दुई मध्ये एक/एक सिट लिने सहमति भएको छ ।
  • भक्तपुरमा एमालेले ३ प्रदेशसभा र माओवादीले प्रदेशसभामा एक सिट पाउने सहमति भएको छ ।
  • ललितपुरमा एमालेले क्षेत्र नम्बर १ र २ प्रतिनिधिसभामा पाउने बताइएको छ भने प्रदेशमा तीनै क्षेत्रका एक एक सिट पाउने सहमति भएको छ ।त्यस्तै क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एकएक सिट पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्