आज ४ बजे वाम गठबन्धनको पत्रकार सम्मेलन


काठमाडौं, नेस । सर्वोच्च अदालतले हिजो गरेको फैसलाबाट सशंकित वाम गठबन्धनले आज साँझ ४ बजे बानेश्वरस्थि अल्फाबिटा भवनमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले न्यूजअफनेपाललाई गराउनु भएको जानकारी अनुसार सो पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओबादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जनाको उपस्थिति रहनेछ । सवौच्चको आदेशपछिको अवस्था बारे बसेको एमाले स्थायी कमिटीको बैठकले पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको थियो ।

बैठकमा हिजो सर्बोच्च अदालतले गरेको निर्णयले आसन्न निर्वाचन हुन नदिने षडयन्त्र बढेको निक्र्यौल निकालेको थियो ।