राप्रपाका उम्मेदवार खड्कासहित सयभन्दा बढी एमालेमा (विज्ञप्तिसहित)

0
Shares

काभ्रे । कालाकार समेत रहेका राप्रपाका केन्द्रिय नेता रविन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका छन । काभ्रेको बनेपास्थित सेन्चुरी होटलमा बिहिवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी खड्काले राप्रपा पार्टी परित्याग गरी अब नेकपा एमालेमा क्रियाशील हुने घोषणा गरे । उनले भने ‘हामीले राप्रपा सदाका लागि परित्याग गरेका छौं अब हाम्रो साथ र समर्थन नेकपा एमालेसँग हुने छ ।’ मसिंर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्वर १ मा राप्रपाबाट सर्वसम्वत उम्मेदवार सिफारिस भएका रविन्द्र खड्काले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन । उनीसँगै उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठ सहित सयौं राप्रपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् भने एमालेमा क्रियाशिल हुने जनाएका छन । खड्का हाल राप्रपा निकट चलचित्रकर्मीहरुको छाता संगठनका केन्द्रिय अध्यक्ष समेत हुन् ।