चुनाव खर्च जुटाउन पूर्व प्रधानमन्त्री भट्टराईलाई फेसबुकको साहारा


काठमाडौं । पैसा नभएर टाँट पल्टेका बाबुरा भट्टराईले फेसबुकबाटै पैसा माग्न शुरु गरेका छन । एक पटक अर्थमन्त्री र अर्को पटक प्रधानमन्त्री भइसकेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेसबुक बाटै चुनाव लड्नका लागि भन्दै पैसा संकलन गर्न थालेका हुन । आसन्न संसदीय निर्वाचनका लागि चुनाव खर्च नभएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाटै आर्थिक संकलन अभियान थालेका छन् ।
निर्वाचनलाई मितव्ययी, स्वच्छ र पारदर्शी बनाउन खुला स्वेच्छिक आर्थिक सहयोगको आग्रह गरेको भट्टराईले फेसबुकमा लेखेका छन् । ‘म अपारदर्शी लगानी होईन, तपाइँहरुको खुला स्वैच्छिक सहयोग चाहन्छु’ भट्टराईले भनेका छन् ।
रकम जम्मा गरिदिन ग्लोबल आईएमई बैंक कान्तिपथ, काठमाडौं शाखाको खाता नम्बर र स्विफ्ट कोडसमेत दिएका छन् ।
गृहजिल्ला गोरखा क्षेत्र नम्बर–२ बाट मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भट्टराई चुनावी मैदानमा लोकतान्त्रिक गठबन्धनबाट उत्रिएका छन् । त्यस्तै वाम गठबन्धनबाट माओवादीका नेता नारायणकाजी श्रेष्ठ उनलाई पछार्न चुनावी मैदानमा उत्रिए सकेका छन् ।