रामचन्द्र पौडेलको जमानत जफत गराइदिने कांग्रेस नेता जोशीको चेतावनी


काठमाडौँ । नेपाली काग्रेसका पूर्व सह महामन्त्री एंव पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काग्रेस सत्ता केन्द्रित राजनीतिमा प्रेरित भएको आरोप लगाएक छन । तनहुँबाट काग्रेसको टिकट पाउन दबाब मुलुक कार्यक्रम गर्दै आएका जोशीले आज दमौलीमा पत्रकार सम्मेलन गरी काग्रेसले तयार पारेको गठबन्धनको खुलेर विरोध गरे । उनले नीतिगत भन्दा पनि सत्ताको राजनीतिले प्रेरित भएर गठबन्धन बनाएको भन्दै यस्ता गतिविधिले काग्रेसलाई आफ्नो आर्दशबाट बिचलित गराएको आरोप लगाए । काग्रेस अब बीपीको आदर्शबाट बिमुख भईसक्यो, त्यसैले त कहिले माओवादी केन्द्रसग त कहिले नया शक्ति लगायतका दलसँग गठबन्धन गरी सत्ताकेन्द्रित भईरहेको छ, जोशीको भनाई छ । नेता जोशीले तनहुँ क्षेत्र नम्वर १ बाट आफूलाई टिकट नदिई रामचन्द्र पौडेललाई उठाए उनको जमानत जफत बनाईदिने चेतावनी दिए । मलाई टिकट नदिने योजना बनाइदैछ भन्ने सुनेको छु यदि त्यसो भए रामचन्द्र पौडेलले मात्र होइन सिंगो काग्रेसले नै ठुलो मुल्य चुकाउनुपर्छ, पत्रकार सम्मेलनमा उनको भनाई थियो । आफुलाई तनहुँका जनताले रुचाएकाले आफु कुनै पनि हालतमा चुनावबाट पछि नहट्ने भन्दै नेता जोशीले पार्टीबाट नभए बागी उम्मेद्धारी दिने संकेत गरे । नेता जोशीले पौडेललाई अन्य क्षेत्रबाट टिकट दिएर आफुलाई क्षेत्र नम्वर १ बाटै टिकट दिनुपर्ने भन्दै जिल्लामा विभिन्न दवाव मुलक कार्यक्रम गर्दै आएकाछ छन ।