‘वाम तालमेल नभइ दाम तालमेल, नेपाली कांग्रेस म्युजियममा’

0
Shares

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेललाई पैसाका लागि भएको आरोप लगाएका छन् ।

बुधबार राजधानीको खुलामन्चमा १००औं अक्टोबर क्रान्ति दिवस मनाउन आयोजित कार्यक्रममा उनले ‘वाम तालमेल नभइ दाम तालमेल’ भएको टिप्पणी गरे ।

एमाले र माओवादीले साम्यवाद होइन, अहिलेकोभन्दा खतरनाक पुँजीवाद स्थापित गर्ने उनको जिकिर थियो ।

‘नेपाली कांग्रेस म्युजियममा राख्नुपर्ने अवस्थामा’ पुगेको भन्दै चन्दले ‘सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिहरु एकजुट भएर अगाडि नबढी मुलुकले निकास पाउँदैन’–भने ।