बागी उम्मेदवारको मनोनयन फिर्ता, सूर्यमै भोट हाल्ने घोषणा

0
Shares

काठमाडौँ । वाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको भागमा एक सिट पनि नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी नेताहरुले उम्मेदवारी दर्ता फिर्ता लिएर सूर्यमै मत दिने घोषणा गरेका छन । प्रतिनिधिसभाका लागि एक क्षेत्र भएको मुगुमा माओवादी नेता शुरबहादुर बुढाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए । त्यस्तै प्रदेश ‘क’ बाट केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट मंगलबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तीनै जनाले उम्मेदवारी फिर्ता लिएका छन । अब माओवादी मुगुले पनि वाम गठबन्धन कार्यदलले गरेको निर्णय अनुसारनै सूर्य चिन्हमा मतदान गर्ने जनाएको छ ।