बाम गठबन्धनका बागी उम्मेदवारलाई माओबादी केन्द्रले थामथुम पार्यो

0
Shares

धनवीर दाहाल, रुकुम (पुर्व) ।
बाम गठबन्धनका उम्मेदवारको बिरुद्धमा माओबादी केन्द्रकै नेताले बागी उम्मेदवारी दर्ता गराएपछि रुकुम पुर्वमा केही समस्या आउँछ कि भन्ने तनाव तत्कालका लागी हटेको छ । रुकुम पुर्वमा बाम गठबन्धनबाट प्रतिनिधि सभामा माओबादी केन्द्रकी कमला रोका र प्रदेश सभा १ मा पुर्ण घर्ती तथा २ मा तेजबहादुर ओलीको उम्मेदवारी दर्ता भएको थियो । कमला रोका र तेजबहादुर ओलीका बिरुद्धमा माओबादी केन्द्रकै जिल्ला स्तरका प्रभावशाली नेताले बागीमा उम्मेदवारी दर्ता गराएपछि बाम गठबन्धनलाई तनाव सिर्जना भएको थियो । तर माओबादी केन्द्र पुर्वी रुकुमको बैठक बसी उनीहरुलाई उम्मेदवारी फिर्ता लिन लगाएको छ । बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले समानुपातिक तर्फको उम्मेदवार सूचीमा नाम समावेश गर्ने आश्वासन पाएपछि उम्मेदवारी फिर्ता लिएका हुन् ।
वाम गठबन्धनबाट पूर्व मन्त्री कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा उम्मेदवार बनेपछि असन्तुष्ट माओवादी नेता तेजेन्द्र खाममगरले उनीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवार माओवादीका तेजबहादुर ओलीका बागी माओवादीकै पुणीराज घर्ती बनेका थिए । दुबै बागीलाई समानुपातिक उम्मेदवार बनाउने गरी प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता गरिएको बताइएको छ । माओबादी केन्द्र पुर्वी रुकुमका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षमा बागी उम्मेदवारी दिएका तेजेन्द्र खाममगरलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार बनाइने भएको छ भने प्रदेशबाट बागी उम्मेदवारी दिएका पुणीराज घर्तीलाई सोही क्षेत्रबाट समानुपातिक उम्मेदवार सूचीमा समावेश गरिने भएको छ ।