मनाङमा फेरी बने दीपक मनाङे एमालेका आधिकारिक उम्मेदवार


लमजुङ । आसन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमाले मनाङका प्रदेशसभाका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

प्रदेश सभा “ख” बाट उम्मेदवारी दर्ता गराएका खाण्डा लामा गुरुङले अफ्नो मनोनयन फिर्ता लिएपछि स्वतन्त्र उम्मेवदारी दिएका दीपक मनाङे एमालेका आधिकारिक उम्मेदवार बनेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका नायवसुब्बा युवराज ढकालका मनाङमा एकजनाको मात्रै मनोनयन फिर्ता भएको छ । मनाङमा केन्द्रतर्फ दुई र प्रदेशमा दुई–दुई गरी ६ जनाको मात्रै उम्मेदवारी रहेको छ ।

गुरुङको मनोनयन फिर्तापछि नेकपा एमालेको ¥यालीसहित स्वतन्त्रबाट उम्मेदवारी दिएका दीपक मनाङे नै एमालेको आधिकारिक उम्मेदवार बन्ने भएका छन् । मनोनयन फिर्ता अघि मनाङेमाथि उजुरी पर्ने डरले एमालेले कमजोर उम्मेदवार खडा गरेको थियो ।

तर निर्वाचन आयोगले तोकेको समयभित्र कुनै उजुरी नपरेपछि आधिकारिक उम्मेदवारले मनोनयन फिर्ता लिएर एमालेले दीपक मनाङेलाई सहयोग गरेको हो ।