वामगठबन्धनका सबै बागीको उम्मेदवारी फिर्ता


काठमाडौं । वामपन्थी गठबन्धनका बिरुद्ध रामेछापमा तीनवटै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधबार हेलीकप्टर चार्टर गरेर मन्थली पुगी तीनै जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा दिएको उम्मेदवारी, हेमन्त पौडेल र मैनकुमार मोक्तानले प्रदेशसभामा दिएको उम्मेवारी फिर्ता लिएका हुन ।