कांग्रेस नेता महतको राजिनामा पेश, उजुरीको औचित्य समाप्त (पत्रसहित)


नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका रमेश महतको विरुद्धमा परेको उजुरीको औचित्य समाप्त भएको छ । उजुरीकर्ता ज्ञानवहादुर तामाङले उजुरीमा दाबी गरेको विषयमा प्रमाण जुटाउन नसकेपछि उजुरीको औचित्य समाप्त भएको हो । पन्चकन्या गाउंपालिकाको कविलास स्थायी घर भएका महतले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ख मा नेपाली कांग्रेसको तर्फबाट दिएको उम्मेदवारी खारेजीको माग गर्दै नुवाकोटको विदुरमा रहेको १ नं. निर्वाचन अधिकृतको कार्यालयमा तामाङले उजुरी दिएका थिए । निर्वाचन अधिकृत गोपाल लामिछानेले महतको विरुद्धमा उजुरी पुष्टि नभएको र महतले बौंक सञ्चालक समितिको सदस्यबाट राजिनामा स्वीकृत भएको पत्र बुझाएको बताए ।