धुमपानका कारण वर्षेनी ६० लाख मानिसकाे निधन


 

काठमाडौं । नेपालमा धुमपानकै कारण वर्षेनी विश्वमा ६० लाख मानिसले ज्यान गुमाउँछने गरेको तथ्य सार्वजनिक गरेको छ ।

मानिसको लतका रुपमा रहेको सुर्तिजन्य पदार्थमा हुने तार नामक तत्वले क्यान्सरका सेलहरु विकास गर्न मुख्य भूमिका खेल्ने गरेको विज्ञहरुको भनाई छ । नेपालमा फोक्सोका क्यान्सरबाट वर्षेनी मृत्यू हुनेमध्ये ७२ प्रतिशत धुम्रपान नै भएको विज्ञहरुको भनाई छ ।

धुमपान र मद्यपान दुवै गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक रहेको विज्ञको भनाई छ । वायु प्रदूषणका कारण पनि बर्षेनी ९ हजार मानिसमा फोक्सो र मुटुको समस्या देखा पर्ने गरेको छ । यसको सबैभन्दा धेरै असर सडकमा खटिने ट्राफिक प्रहरी र अन्य प्रहरी सेवामा रहेका व्यत्तिहरुमा परेको छ ।

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सरकारी र गैह्र सरकारी क्षेत्रबाट विभिन्न प्रयासहरु भएका छन् । नेपाल सरकारले सुर्तिजन्य पदार्थको सेवनमा नियन्त्रण गर्न ऐन समेत बनाएको छ । चेतनाको कमीले भन्दा उपभोत्ताकै लापर्वाहीले रोग निम्त्याउने गरेको पाइन्छ । ऐनको कार्यान्वयन पक्ष फिताले हुँदा रोग नियन्त्रणमा कठिनाई भएको बिज्ञहरुको भनाइ छ ।

फोक्सोको क्यान्सरका सेलहरु प्रत्येक दुई हप्तामा ६ गुणाका दरले बढ्ने भएकाले पछिल्लो समय रोग भयावह बन्दै गएको वरिष्ठ क्यान्सर रोग बिशेषज्ञ  डा. बिष्ण्ुदत्त पौडेल बताउनु भयो ।

क्यान्सरका कारण यही हो भनेर पत्ता लाग्न नसकेपनि रोग लाग्न नदिनका लागि धुमपान र मद्यपानबाट टाढै रहन, सन्तुलित भोजन खान र नियमित व्यायम गर्न चिकित्सकको सुझाव रहेको छ ।