वनभोज खान गएका दुई बालबालिका कर्णालीमा बेपत्ता

0
Shares

कैलाली । वनभोज खान गएका बेला कर्णाली नदीमा बगेर दुईजना बालबालिका बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ बाट वनभोज खान गएका ती बालबालिका कर्णालीमा बगेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा लम्कीचुहा–२ का ११ वर्षीया शर्मिला धमला र १४ वर्षीय चक्र धमला रहेका छन् । नदीमा बेपत्ता दुवैजनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।