कल्याण गुरुङलाई गोली हानिएको पेस्तोल बरामद

0
Shares

काठमाडौँ । युवतीको विवादमा गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । काठमाडौँको काठमाडौं महानगरपालिका –१३ टंकेश्वरबाट गोली प्रहार गर्न प्रयोग भएको पेस्तोल बरामद गरेको हो ।

त्यसैगरी नँयाबजारस्थित श्री कृष्ण अटो वर्कशपमा लुकाइराखेको बा.५ च ९१७५ नम्बरको कारको सिटमुनीबाट प्रहरीले आइतबार २ थान गोली पनि प्रहरीले बरामद गरेको छ ।

गोर्खा धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८ वर्षीय कल्याण गुरुङलाई गोली प्रहार गरेको घटनामा पक्राउ परेका गुरुङको बयानको आधारमा ती हतियार र गोली बरामद गरिएको हो ।

प्रहरीले यो घटनामा काठमाडौं नागार्जुन–५ घर भएका ३५ वर्षीय आश्विन भन्ने असुन गुरुङललाई प्रहरीले पक्राउ गरेको थियो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।