प्लास्टिकका फूलमालाले धकेलिंदै तिहार

0
Shares

सलिम अन्सारी, प्युठान ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिदै गर्दा प्युठानका बजार हिजोआज प्लास्टिकका कृत्रीम फुलमालाले ढपक्क भएका छन।बिगत ५ बर्ष यता यस्को प्रचलन व्यापक बढेको ब्याबसायिहरु बताउंछन।सहरी भेगमा मात्र नभइ यस्को चलन अहिले ग्रामिण भेगमा समेत बढेको छ।

प्राकृतिक फुलको अभाव भएकाले तिहारका लागि बाहिरी जिल्लाबाट कृत्रीम फुल ल्याइएको हो।ओइलाउने तथा बिग्रने डर नहुने र कृत्रीम माला सस्तो समेत पर्ने भएकाले तिहारमा यस्को प्रयोग बढ्दै गएको हो।नझर्ने,नओइलाउने र नसुक्ने भएकाले कृत्रीम फुलमाला बेच्ने गरेको एक ब्याबसायीले बताए।फुलमाला यो बर्श बिक्री नभए अर्को बर्षलाइ पनि प्रयोग गर्न सकिने व्यापारी बताउँछन।बजारमा ४५ रुपैया देखि १ सय ९० रुपैया सम्मका कृत्रीम फुलमाला पाइन्छन।

तिहारका बेला मौसमी व्यापार मानिएको फुलको ब्यापारले गाउंघरमा प्राकृतिक फुल गोदावरी,मखमली,गुर्दौली रोप्न समेत छोडिएको छ।
सदरमुकाम खलङ्गासंगै बाग्दुला,बिजुवार,भिङ्ग्री,बहाने लगायतका बजार समेत कृत्रीम फुलमालाले ढाकिएका छन।यसबर्ष सयपत्री,मखमली,गोदावरी लगायतका फुल समयमा नफुल्दा कृत्रीम मालाको बिक्री बढेको हो।

तिहारका बेला आवाश्यक पर्ने फुल समयमा नफुलेपछी दिदिबहिनीहरु भने चिन्तामा परेका छन।जिल्लामा ब्याबसायीक रुपमा फुल खेती नहुंदा प्राकृतिक फुलको अभाव हुने गरेको हो।