निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौंः प्रचण्ड

0
Shares

 

काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने दायित्व निर्वाह गर्ने बताउनुभएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन गराउने पक्षमा प्रतिबद्ध रहेको बताउनुभएको हो।

पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय पदाधिकारीको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले सरकारबाट माओवादी हटिदियोस् भनेर बाहिर गरिएको प्रचार अनैतिक भएको बताउनुभयो। एमालेसँग आगामी निर्वाचनमा तालमेल तथा पार्टी एकताकै प्रक्रिया शुरू गरेपछि नेपाली कांग्रेसले माओवादीका मन्त्री हटनुपर्ने तर्क गरेकोप्रति उहाँले भन्नुभयो, ‘सरकारले निर्वाचनको सुनिश्चितता गरे हामी सरकारमा रहिरहनुपर्छ भन्ने छैन।’

एमालेसँग समाजवादी क्रान्तिका लागि पार्टी एकता र चुनावी तालमेल गर्न लागिएको बताउँदै उहाँले जनयुद्ध, जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका आन्दोलनलाई हेर्ने र मनन गर्ने सवालमा समेत दुवै पार्टीबीच मतैक्य रहेको बताउनुभयो।