राष्ट्रपतिद्वारा सात विधेयक प्रमाणीकरण



 

काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले सोमबार व्यवस्थापिका संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका सातवटा विधेयक प्रमाणीकरण गर्नुभएको हो।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कार्यविधि (संहिता), फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन), केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक तथा भाषा आयोग विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्