कांग्रेस उम्मेदवार सुन तस्करीमा पक्राउ



 

काठमाडौं, (नेस)
८८ किलो सुन तस्करी काण्डमा संलग्न भएको आरोपमा नेपाली कांगे्रसको समानुपातिक उम्मेदवारको सूचीमा परेका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ।

तामाङलाई सोमबार प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङलाई नेपाली कांग्रेसले आगामी प्रनिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ।

काठमाडौंको क्षेत्रपाटीबाट गत भदौ १९ गते ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो। अपराध महाशाखाले तस्करीको ८८ किलो सुन काठमाडौं ल्याउन तामाङले मध्यस्थता गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्