‘माओवादी केन्द्रका मन्त्रीद्वारा सत्ता कब्जा’

0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नु सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरेका हुन् ।

नेता लेखकले वाम एकता र चुनावी तालमेलले कांग्रेसलाई कुनै असर नपार्ने बताए । ‘कांग्रेस राणाविरुद्ध एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो’, लेखकले भने, ‘आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ ।’

आगामी केन्द्र र प्रदेशसभाको निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने पनि दाबी गरे ।

वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिँदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थीहरु उभिएको बताए ।

‘संसारमा लोकतान्त्रिक शासन प्राणाली स्थापित भइसकेको स्थितिमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी कम्युनिस्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्य भन्दा बाहिर जानु हो’, उनले भने ।

त्यस्तै कार्यक्रममा एमालेका सचिव भिर्माजुन आचार्यले वाम एकताबाट कांग्रेसलाई नडराउन आग्रह गरेका छन् । वाम एकताले राजनीतिक स्थायित्व गर्ने दावी गर्दै सचिव आचार्यले लोकतान्त्रिक मुल्य मान्यताका आधारमा मुलुकको विकास गर्नेमा एमाले अघि बढेको बताए ।

बहुदलीय जनवादमा पुग्ने नेपालका कम्युनिस्टहरुको एउटै बाटो भएको भन्दै एमाले र माओवादीबीच एकताको बहस सुरु भएको जानकारी दिए।