‘शहरको समृद्धिको आधार स्तरीय गुणस्तर’

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
हरेक वर्ष अक्टोबर १४ ताारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय गुणस्तर दिवस मनाइँदै आएको छ। यस वर्ष ‘शहरको समृद्धिको आधार स्तरीय गुणस्तर’ भन्ने नाराका साथ विश्व गुणस्तर दिवस मनाउने कार्यक्रम रहेको छ।

इन्टरनेसनल स्टान्डर्ड अर्गनाइजेसन (आईओएस), र इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयु) का सदस्य राष्ट्रले विश्वभर मनाउने गरेका छन्। सन् १९४६ मा लण्डनमा भएको एक अन्तर्राष्ट्रिय भेलाले गुणस्तरको विकास गर्ने अन्तर्राष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्षको अक्टोबर १४ मा यो दिवस मनाउने गरिएको छ।

यस वर्षको विश्व गुणस्तर दिवसका लागि आफ्ना सदस्य राष्ट्रलाई आईओएसले कसरी समृद्ध र समन्नुत शहरको निर्माण गर्न सकिन्छ र त्यसका आधारहरू के हुन सक्छन् भन्ने विषयमा जानकारी गराएको छ। आईओएसले आफ्ना सदस्य राष्ट्रहरूलाई सम्प्रेषण गरेको सन्देशमा भनिएको छ–‘समृद्ध शहर बनाउनु त्यति सजिलो छैन र त्यसका लागि हरेक शहरले आ–आफ्नै किसिमको चुनौती सामना गर्नुपर्ने अवस्था छ। समस्या र आवश्यकता अनुसारको समाधान पनि हुनु आवश्यक छ। तर पनि एउटा कुरा यसमा समान रहेको छ। जसमा उच्च ज्ञान अनि उत्कृष्ट अभ्यास को जरुरी छ। पर्याप्त शुद्ध खानेपानी, स्वच्छ ऊर्जामा अन्तर्राष्ट्रिय पहुँच, एक स्थानदेखि अर्को स्थानसम्म सजिलै पुग्न सक्ने यातायात व्यवस्था, सुरक्षाको प्रत्याभूति र पहुँच लगायतका सुविधा जनताले पाउनुपर्ने र प्रतिस्पर्धाको अवस्था गर्नुपर्ने।

गुणस्तरले मानिसलाई वस्तु तथा सेवाको छनोटमा पनि सहयोग गर्ने र प्रतिस्पर्धी बजारको असीमित ढोका खोल्छ। सबै सहरहरूमा समान खालको गुणस्तरले पनि एकरूपता ल्याउने छ। सूचना, प्रविधि, विद्युत्, यातायातलगायत पूर्वाधार सेवामा मात्र होइन तिनीहरूको उचित व्यवस्थापन, सञ्चालन तथा पुस्ता हस्तान्तरणका लागि पनि एकरूपताको खाँचो छ।