गठबन्धन नेपालको आवश्यकताः भुसाल

0
Shares

 

नेपाल समाचारपत्र
भक्तपुर
नेकपा माआवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन विदेसीको इसारामा नबनेको बताउनुभएको छ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र विदेसीको इसारामा नबनेको बताउनुभएको छ।
उहाँले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धमा आवद्ध भएका राजनीति दलहरूले आ–आफ्नो चुनाव चिन्ह लिएर चुनवमा जान सक्नेसमेत प्रष्ट्याउनुभयो।

वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पाटीले निर्वाचनअघि सरकार नछाड्ने बताउनुभयो। तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उहाँले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका विषयलाई लिएर बाहिर आएको हल्लाजस्तो नभई छलफल जारी रहेको बताउनुभयो। उहाँले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरूमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफलसमेत रहेको बताउनुभयो।

उहाँले बामपन्थी र प्रजातान्त्रिक शक्ति दुई पक्ष मात्र हुने भन्दै अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाइ मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि र स्थिर सरकार बन्ने बताउनुभयो।
आफ्नो पाटीले बिगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयमा आवाज उठाउँदै आएको र निर्वाचनपश्चात दुई तिहाइ मत प्राप्तसँगै त्यसले समेत पूर्णता पाउने बताउनुभयो।

वर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कूटनीतिक पाटो निर्वाह गरिरहेको समेत उहाँले प्रष्ट्याउनुभयो। केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको बताउनुभयो।