पाकिस्तानले बनायो भारतलाई उडाउन सीमानजिक आणविक सुरुङ, मोदीको देशमा खैलाबैला


काठमाडौं । पाकिस्तानले भारतीय सीमाभन्दा केही पर रहेको मियाँवाली भन्ने स्थानमा सुरुङ खनेर १४० वटा आणविक हतियार भण्डारण गरेको भारतीय मिडियाले लेखेका छन् ।

सुरुङ खनेको ठाउँमा तीनवटा अन्तःसम्बन्धित टनलहरू छन् जुन १० मिटर उचाइ र १० मिटर चौडाइका छन् ।
नाम बताउन नचाहने एक भारतीय पूर्वसैनिकले बताएअनुसार, सुरुङहरूलाई चौडा सडकले छोएको छ । क्षेप्यास्त्र प्रहार गर्नका लागि ट्रान्स्पोर्टर इरेक्टर लउन्चरको गतिलाई सहज पार्न सडक बनाइएको हो । सबै सुरुङका भिन्नाभिन्नै प्रवेश र बहिर्गमन द्वार छन् ।
प्राप्त जानकारीअनुसार, सुरुङमा १२ देखि २४ आणविक हतियार राख्न मिल्छ ।
भारतले यो स्थानको निगरानी गरिरहनुपर्ने भारतीय सेनाका जासूसी विभागका एक कर्नेलले बताए । उनी स्याटेलाइट इमेजरी विश्लेषणविज्ञ हुन् ।
बुलेटिन अफ एटोमिक साइन्टिस्ट्सको पछिल्लो प्रतिवेदनमा पाकिस्तानले आणविक हतियारको मात्रा बढाइरहेको र १३० देखि १४० वटा वारहेड भण्डारण गरेको अनि केही फाइटर जेटलाई आणविक हतियार प्रहार गर्न मिल्ने बनाएको उल्लेख छ ।
पाकिस्तानले यही हतियारको बलमा भारतलाई आफूविरुद्ध सर्जिकल स्ट्राइक नगर्न वा देशको आणविक हतियार राखेको स्थानलाई लक्षित नगर्न चेतावनी दिएको छ । भारतले निहुँ खोजेमा पाकिस्तान चुप लागेर नबस्ने त्यहाँका विदेशमन्त्रीले बताए ।
एजेन्सी