निष्कर्षविनाको बैठकः राजपा लगायतका दलले धेरै सिट मागेपछि गठबन्धनभित्र खैलाबैला, देउवालाई तनाव



नेपाल समाचारपत्र, काठमाडौं । कांग्रेस नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबन्धनमा खैलाबैला देखीएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा धेरै सिट मागे पछि अहीले प्रधानमन्त्री शेर बहादुर देउवा तनावमा छन । ५५ र प्रदेशसभामा १३१ सिट माग गरेपछि आज बसेको गठकन्धन बैठक विनानिष्कर्ष टुंगिएको हो।

राजपा र फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग अघि सारेका सारेपछि नेपाली कांग्रेस त्रिभ पनि बबण्डर शुरु भएको स्रोतले बताएको छ । कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका राजपाका एक नेताले जानकारी दिए । प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट र प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिटपाउनुपर्ने उनीहरुको माग छ । कांग्रेसले पनि यस क्षेत्रमा ५० प्रतिशत सिट माग गरेपछि यतिबेला कांग्रेसमा ठुलै खैलाबैला मच्चिएको छ ।
स्रोतका अनुसार राजपा र फोरमले प्रदेश १ मा प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि २४ सिट मागेका छन् । प्रदेश ३ मा प्रतिनिधिसभा १० र प्रदेशसभा १५, प्रदेश ४ मा प्रतिनिधिसभा २ र प्रदेशसभा ९, प्रदेश ५ मा प्रतिनिधिसभा १० र प्रदेशसभा २२, प्रदेश ६ मा प्रतिनिधिसभा १ र प्रदेशसभा ६ तथा प्रदेश ७ मा प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि ७ सिटको माग छ । प्रदेशसभाको कुल ३३० संख्यामध्ये दुई दलले मात्रै १३१ सिट मागेका छन् ।
कांग्रेसले पनि प्रदेश २ लाइृ आफ्नो प्रमुख भोट बैंकको रुपमा लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्