नवराज सिलवाल एमालेबाट सर्वसम्मत उम्मेदवार, ललितपुर १ बाट सिफारिस


नेपाल समाचारपत्र, काठमाडौँ । केही दिनअघि मात्र नेकपा एमाले मार्फत राजनीतिमा क्रियाशिल हुने घोषणा गरेका नवराज सिलवाल प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुने निश्चित भएको छ । प्रदेश नम्बर ३ को ललितपुरको जिल्लाको क्षेत्र नम्बर १ बाट नवराज सिलवालको नाम प्रतिनिधिसभाको सदस्यको उम्मेदवारका लागि सर्वसम्मत भएको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए । उनले तल्ला कमिटीहरुको मागको आधारमा जिल्ला कमिटीले क्षेत्र नम्बर १ का लागि सिलवालको नाम प्रदेश कमिटीमा सर्वसम्मत रुपमा सिफारिस भएको बताए । योसँगै सिलवाल ललितपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार हुने निश्चित भएको छ । सिलवालले प्रहरी नायव महानिरीक्षक पदबाट दिएको राजिनामा समेत अाइतबार स्वीकृत भैसकेको छ ।