तिलाठीमा झाडापखाला फैलियो

0
Shares

 

राजविराज, (नेस)
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक सातादेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन। दुई दिन यता मात्रै ८० जना झाडापखालाका बिरामी थपिएका छन्।

दुई दिनअघि २३⁄२४ जना बिरामी रहेको सकरपुरा बस्तीमा बालबालिका, महिला, वृद्धवृद्धा गरी सयभन्दा बढी स्थानीय बासिन्दा झाडापखालाले ग्रसित भएका छन्। उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, विराटनगरस्थित विराट नर्सिङ होम र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। झाडापखाला बस्तीभरि नै फैलिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ। बस्तीमा फैलिएको झाडापखालाबारे स्वास्थ्य सेवा विभाग, पूर्वाञ्चल स्वास्थ्य निर्देशनालयसहितका टोलीले आवश्यक जाँचबुझ गरी फर्किएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले भने बस्तीमा फैलिएको झाडापखालामा हैजाको जीवाणु हुन सक्ने बताउनुभयो।