अन्नपूर्ण महोत्सवको तयारी पूरा

0
Shares

 

नेपाल समाचारपत्र
पोखरा
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि आगामी असोज २५ गते हुने अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७४ को उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की, पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङ, र स्थानीय संघ संस्थाको सहयोगमा महोत्सव गर्न लासिगएको हो।महोत्सव तीन चरणको कार्यक्रमअन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमालका आरोही फ्रान्सेली नागरिक मोरिस हर्जोगको सालिक शिलान्यासका साथै अन्य विविध कार्यक्रम गरिने महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो।

महोत्सवमा आउने आगन्तुक पाहुनालाई लक्षित गरी अन्नपूर्ण पदमार्ग क्षेत्रमा परम्परागत होटेल तथा व्यवसायको इतिहास झल्कने खालका अस्थायी आवास निर्माण गरिएको परम्परागत आवास निर्माण उपसमितिका संयोजक जगन गुरुङले जानकारी दिनुभयो।

यतिखेर पर्यटक खचाखच हुँदा हुँदै पनि महोत्सव आउने पाहुनालाई लक्षित गरी व्यवस्थित अस्थायी आवास निर्माण गरिएको स्थानीय व्यवस्थापन उपसमितिका संयोजक जगनरास गुरुङले बताउनुभयो। महोत्सवको उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुमित्रा थरुनी, सांसदहरू, मन्त्रालयका उच्च पदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिती रहने महोत्सव मूल समारोह समितिका महासचिव दीलिप गुरुङले बताउनुभयो। महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीका अनुसार महोत्सवमा सहभागी हुनका लागि आइतबारदेखि तीन दिनको पदयात्रा सहित अन्नपूर्ण आधार शिविरमा पुग्ने र सो टोली २८ गते पोखरा फर्कने कार्यक्रम छ।