काठमाडौं, (नेस)
चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य गर्न दबाब दिने उद्देश्यले प्राध्यापक डा. गोविन्द केसीले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबारबाट अनशन शुरू गर्नुभएको छ।
चिकित्सा शिक्षा विधेयक तोडमोडका साथ पास हुन लागेको भन्दै गत असोज ९ गते आकस्मिक रूपमा अनशन थाल्नु भएका डा. केसीले २ दिनपछि अर्थात् असोज ११ गते चाडपर्वलाई मध्यनजर गर्दै अनशन रोक्नुभएको थियो। विधेयक अघि नबढेको र दशैं लागिसकेको भन्दै असोज १९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको थियो।
प्रतिक्रिया